प्रधानमन्त्री कप भलिबल पुरुषतर्फ एपीएफमाथि हेल्प नेपालको जित

कोल्हवी न्यूज
२०८१ जेष्ठ २२, मंगलवार १६:५४ गते

 प्रधानमन्त्री कप महिला तथा पुरुष भलिब लिगमा पुरुषतर्फ हेल्प नेपालले एपीएफ क्लबमाथि जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हेल्प नेपालले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। लिगमा हेल्प नेपालको यो चौथो जित हो।

हेल्प नेपालले एपीएफलाई पहिलो सेटमा २५–१८, दोस्रोमा २६–२४ र तेस्रोमा २५–२२ ले हरायो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*