नेपाल र यूएईको खेल पनि दशरथ रंगशालामा नहुने
२०८१ जेष्ठ १६, बुधबार ०७:५७ गते
नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो ।
तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा प्रश्न उठाएपछि खेल साउदी अरबमा सारिएको हो अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार खेल स्थानीय समयअनुसार बेलुका ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।
यसअघि रंगशालाकै कारण बहराइनसँगको खेल पनि नेपालले घरेलु मैदानमा खेल्न पाएको थिएन ।










