हेटौँडामा बसको ठक्करबाट एक जनाको ज्यान गयो
कोल्हवी न्यूज
२०८१ जेष्ठ १२, शनिबार १३:३५
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङमा रहेको पूर्व–पश्चिम सडक खण्डमा गएराति बसको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ ।
सर्लाहीबाट काठमाण्डौतर्फ गुडिरहेको ना ७ ख १६७५ नम्बरको बसले ठक्कर दिँदा झण्डै ४० वर्षीय पुरुषको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मृतकको पहिचान खुलेको छैन ।