गाजाको जबलिया शिविरमा इजरायली आक्रमण : २८ जनाको मृत्यु

कोल्हवी न्यूज
२०८१ जेष्ठ ६, आईतवार ०६:४५ गते

उत्तरी गाजापट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

 

 

उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेको जनाएको छ। मृतकमध्ये अधिकांश बालबालिका र महिला छन्।

प्यालेष्टिनी सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले गाजामा शरणार्थीका लागि जबलिया शिविरमा विस्थापितका आवासीय घर र एउटा आश्रय केन्द्रमा मिसाइल प्रहार गरेका बताएका छन्।

अधिकारीहरूले शिविरमा ठूला विस्फोटसहित आक्रमण भएको धेरै दिनदेखि आफूहरू इजरायली सैन्य कारबाहीकोे साक्षी रहेको बताएका छन्। ​घटनापश्चात एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको ठाउँमा पुगेका छन् ।

स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार इजरायली सेनाले हवाइ र तोपखानाको बमबारी गर्दै लगातार सात दिनसम्म शिविरमा आफ्नो कारबाही जारी राख्दा  धेरै मानिसको मृत्यु भएको छ।

यसैबीच, कमल ओडवान अस्पतालका निर्देशक होसम अबु सफियाले आफ्नो अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई इन्धन र स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरेका छन्।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार विज्ञप्तिमार्फत सेनाले जबलियामा धेरै लडाइँमा ठूलो सङुख्यामा आतंकवादी लडाकूको मृत्यु भएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*