सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु

कोल्हवी न्यूज
२०८१ बैशाख ३१, सोमबार १५:५२ गते

आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको शल्यक्रिया भएको दुई महिनापछि मृत्यु भएको छ । ६२ वर्षीय रिचर्ड रिक स्लेम्यान मार्चमा शल्यक्रिया गर्नुअघि अन्तिम चरणको मिर्गौला रोगसँग लडिरहेका थिए।

म्यासाचुसेट्स जनरल अस्पताल ९एमजीएच० ले एक विज्ञप्तिमा रिचर्डको मृत्यु प्रत्यारोपणसँग सम्बन्धित छ भन्ने कुनै सङ्केत नभएको बताएको छ। सुँगुरबाट अन्य अङ्गहरू प्रत्यारोपण गर्ने धेरै प्रयासहरू असफल भइसकेका छन्।

यद्यपि, रिचर्डको शल्यक्रियालाई ऐतिहासिक कोसेढुङ्गाको रूपमा वर्णन गरिएको थियो। मिर्गौला रोगका अलावा रिचर्ड टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए । (बीबीसी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*