कोरोनाको समाचार लेख्दा जेल परेकी पत्रकार झान चार वर्षपछि रिहा हुँदै

कोल्हवी न्यूज
२०८१ बैशाख ३१, सोमबार १५:२५ गते

वुहानमा कोभिड-१९ प्रकोपको बारेमा रिपोर्टिङ गरेको आरोपमा चार वर्षदेखि जेलमा परेकी चिनियाँ पत्रकार झाङ झान रिहा हुँदैछिन् ।

स्थानीय अदालतको फैसला अनुसार उनको सोमबार सजाय पूरा हुँदैछ । पूर्व वकिलसमेत रहेकी झान कोरोनाका कारण बुहान लकडाउनले ठप्प बनेको खबर दिने चीनका केही स्वतन्त्र पत्रकारमध्ये एक हुन् ।

सीएनएनका अनुसार उनलाई सन् २०२० को मेमा पक्राउ गरेर हिरासतमा राखिएको थियो । पछि अदालतले चार वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०२० को फेब्रूअरीमा वुहानमा लकडाउन गरेपछि झानले शाङ्घाईबाट ४०० माइलको यात्रा पूरा गरेर वुहानमा भाइरसको प्रकोपको अवस्था र यसलाई नियन्त्रण गर्न भएका प्रयासबारे रिपोर्टिङ गर्न गएकी थिइन् ।

तीन महिनासम्म उनले वुहानको अवस्था र त्यहाँका बासिन्दाहरूको स्थितिबारे फोटो भिडियोहरू खिचेर आफ्नो वि च्याट, ट्विटर र युट्युबमा पोस्ट गरेकी थिइन् ।

तर, चिनियाँ विदेश मन्त्रालयले सोमबार दिउँसो नियमित पत्रकार सम्मेलनमा चानलाई जेलबाट रिहा गरिएको हो वा होइन भनेर पुष्टि गर्न अस्वीकार गरेको छ ।

झाङ धेरै स्वतन्त्र पत्रकारहरू मध्ये एक थिइन् जो महामारीको सुरूमा हिरासतमा परेका थिए वा बेपत्ता भएका थिए । किनकी चिनियाँ अधिकारीहरूले भाइरसको कभरेजमा रोक लगाएका थिए ।

रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार चीन विश्वमा पत्रकारहरूको सबैभन्दा ठूलो जेलर हो, जसले यसको वार्षिक प्रेस स्वतन्त्रता सूचकांकमा विश्वभरका १८० देशहरूमध्ये १७८औं स्थानमा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*