जनकपुरमा एउटा सहकारीकाे ८० लाख रुपैयाँ लुटपाट

कोल्हवी न्यूज
२०८१ बैशाख २४, सोमबार १७:१०

धनुषाको जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहकारीका कर्मचारी वीरेन्द्र महतोले जनकपुरमा रहेको हिमालयन बैंकबाट रकम झिकेर मोटरसाइकलमा सहकारीको कार्यालय जाँदै गर्दा रकम लुटपाट भएको हो । अहिले घटनाको अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*