‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै

कोल्हवी न्यूज
२०८१ बैशाख २२, शनिबार १५:५२ गते

एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्स नेपालले विभिन्न प्रारम्भिक अडिसनबाट फाइनल प्रतियोगीताका लागि छानिएको २४ प्रतियोगी सार्वजनिक गरेको हो ।

प्रतियोगिताको यो ७ औँ संस्करण हो । यस संस्करणको प्रारम्भिक अडिसनमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत २ सयभन्दा बढी नर्सहरूले अडिसन दिएका थिए । जसबाट फाइनलका लागि २४ प्रतियोगी छानिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

छानिएका प्रतियोगीमा प्रलिजा ढकाल, दिव्या बम ठकुरी,  प्रिया सुनुवार, नबिना हयु राई, प्रिया पाण्डे, समीक्षा भण्डारी, लस्ता श्रेष्ठ, सुरुची देवकोटा, स्वस्तिक बुढाथोकी, आयुषा गुरागाईं, मोनिका थापा मगर, सीमा राउत, रिया जोशी, गुञ्जना बास्तोला, लालीमाया तामाङ, सलिना बडे, सिजा कार्की, अपेक्ष्य कोइराला, बिधि लम्साल, सदिती श्रेष्ठ, रविना डंगोल, अनिशा पराजुली, कविता पाल, पला रेग्मी रहेका छन् ।

छानिएका प्रतियोगी फाइनल स्पर्धाको लागि सञ्चारर कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेसिङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण जुटिसकेका छन् ।

पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलावा विभिन्न उपहार समेत जित्न सक्नेछन् ।

‘सशक्त महिला सबल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा १६ देखि २८ वर्षसम्मका नर्सिङ सुन्दरीहरुको सहभागिता रहँदै आएको छ ।

अन्तराष्ट्रिय स्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तर दाइत्व बोध गराउने उद्देश्यले यो प्रतियोगिता विगतदेखि आयोजना हुँदै आएको आयोजक नेक्स्ट मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

प्रतियोगिताको फाइनल (अन्तिम स्पर्धा) अगामी जेठ ५ गते (मे १८) मा आयोजना हुँदैछ । प्रतियोगितामा शीर्ष सहित आधा दर्जन विजेता घोषणा हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*