दुई महिनामै बन्द हुँदै ‘द ग्रेट इन्डियन कपिल शो’!

कोल्हवी न्यूज
२०८१ बैशाख २१, शुक्रबार १६:४१ गते

भारतीय कमेडियन कपिल शर्माको नेटफ्लिक्स शो ‘द ग्रेट इन्डियन कपिल शो’ निकै चर्चामा रह्यो।

शोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। तर शोले टेलिभिजनमा जस्तो ओटिटीमा दर्शकको साथ पाउन सकेको छैन। यसैबीच यो शो दुई महिनामै बन्द हुने खबर बाहिरिएको छ।

यो शो बन्द हुन लागेको जानकारी अर्चना पूरन सिंहले दिएकी हुन्। भारतीय सञ्चारमाध्यम पिंकभिलासँग कुराकानी गर्दै उनले भनिन्, ‘हो हामीले द ग्रेट इन्डियन कपिल शोको सिजन १ को छायांकन सकिसकेका छौं। हामीले हिजो यस सिजनको अन्तिम एपिसोड सुट गरेका थियौं।’

अर्चना पूरन सिंह कपिल शर्मा शोकी मुख्य सदस्य हुन्। उनी ‘कमेडी नाइट्स उथ कपिल’ देखि ‘द कपिल शर्मा शो’ र ‘द ग्रेट इन्डियन कपिल शो’ मा पनि सहभागी छिन्।

‘द ग्रेट इन्डियन कपिल शो’ को ६ एपिसोड प्रसारण हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*