कोल्हवीमा मापदण्ड बिपरित खोला उत्खनन्मा ठेकदारको मनोमानी
कोल्हवी:बारा जिल्लाको कोल्हवी क्षेत्रमा रहेको बकैया खोलाबाट ब्यापक रुपमा मापदण्ड विपरित ढुङ्गा बालुवा उत्खन्न हुने गरेको छ।
स्थानिय तहका कर्मचारी र बिभिन्न निकायहरुको मिलोमत्तोमा खोलाबाट नियम विपरित ढुङ्गा,बालुवा र गिट्टी उत्खन्न गरेको हो।
जिल्लाको दक्षिणमा पर्ने हनुमानगन्ज,जङलसहिया,सिमरि क्षेत्रको बकैया खोलाबाट मापदण्ड विपरित ढुङ्गा बालुवा निकासी हुने गरेको छ ।
कोल्हवी नगरपालिकाको अन्तर्गतमा रहेको बकैया खोलाबाट ठेकेदारहरुले मापदण्ड बिपरित ढुगा,बालुवा,गिटी र ग्रेभल उत्खनन् गरेको र रातारात पनि काम गरि चोरी समेत गर्दै आईरहेको भेटिएको छ।त्यसैले रातारात डोजर खोलामा लागेर रौतहटको खोला हुँदै टिफर संचालन गरेपछी रौतहट डिबिजन वन कार्यालयले १९ गते राती ठेक्दार वा प्रदेस सभा सद्स्य जितेन्द्र यादवको एक टिफ्फर सहित जे.सि.वि नियन्त्रणमा समेत लिएको थियो।
कोल्हवी नगरपालिकाले दुई करोड नब्बे लाख चालिस हजारमा खोलाको ठेक्का सुवेदी निर्माण सेवा,बरियापूरलाई खोला उत्खनन्को अनुमति दिएको थियो ।
तिनवटा पोईन्टमा १ वटा स्काभेटर प्रयोग गरि खोला उत्खनन्को अनुमति पाएको ठेकेदार कम्पनीले शुरुवाती दिनमा ६ वटा सम्म स्काभेटर प्रयोग गरेको थियो भने हाल ४ वटा एक्साभेटर प्रयोग गरी उत्खनन् गरिरहेका छन।
कोल्हवी नगरपालिकाले ठेक्का लगाएको बकैया खोलामा खोला उत्खनन् गर्न चार देखि छ वटा स्काभेटर र दुई दर्जन भन्दा बढी टिपरहरुको प्रयोग हुदै आएको भएतापनि सम्बन्धीत निकाय मौन बसेको देखेपछी खोला निरीक्षणमा गएको तरुण दलका केन्द्रिय सदस्य बिजय चौधरिको नेतृत्वमा ने.बि.संघका केन्द्रिय सदस्य शिव चौधरी,बारा जिल्ला अध्यक्ष समीर चौधरी,जिल्ला सदस्य प्रभात चौधरी र तरुण दल कोल्हवी नगर सभापती सन्जय चौधरी थारु
प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुसार ठेकेदारले तोकिएको स्थान भन्द अन्य स्थानहरुमा पनि उत्खन्न गरेको र अफु खुशी परिमाण पनि निकाल्ने गरेको भेटिए पछि हिजो बैशाख २० गते कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीलाई तीन वटा एक्साभेटरको साचो खोसी बुझाएको छ भने ईलाका कोल्हवी लाई एक साचो बुझाएको छ।।
यसरी मापदण्ड बिपरीतको उत्खननले खोला क्षेत्रको वन जोखिनमा पर्नुको साथै र नदीहरुले धार समेत परिवर्तन गर्ने डर हुन्छ तर ठेकेदारहरुले अटेरी गर्दै जथाभावी चाहिने भन्दा बढी एक्सभेटर प्रयोग गरि खोला उत्खनन गर्दै आएपछी आज तरुण दल र ने.बि.संघ जिल्ला कमिटी र कोल्हवी नगरको सन्युक्त आयोजनामा पाँच बुदे ज्ञापन पत्र सहित कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरिलाई बुझाउदै छ।
स्थानीय तहका पदाधिकारीहरुको आर्थिक लाभको कारणले र सम्बन्धि सरोकार वाला सम्पुर्ण निकायहरुलाई प्रलोभनमा पारि खोलानालाहरुमा ठेकेदारहरुले मापदण्ड बिपरित उत्खन्न गर्ने गरेका आरोपहरु लाग्ने गरेको छ । ठेक्केदारहरुले नियम बिपरित काम गर्दा पनि जिल्ला समन्वय समिति र प्रहरी प्रशासन मौन रहनुले उनीहरुको पनि संलाग्नता हो भन्ने कुरा पुष्टी हुन्छ ।