सर्लाहीकाे बाराउद्याेरण गाउँमा आगलागी, ६५ घर जले

कोल्हवी न्यूज
२०८१ बैशाख २१, शुक्रबार ०७:१५

सर्लाहीको विष्णु गाउँपालिका–१ काे बाराउद्योरण गाउँमा आगलागी हुँदा ६५ घर जलेका छन् । हिजाे दिउँसाे स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिनुभयो ।

हिजाे दिउँसो १ बजेतिरबाट शुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा झन्डै चार घण्टापछि निभाइएको वडाध्यक्ष ठाकुरले बताउनुभयो । फुसको र खपडाको छानासहितका घर धेरै भएकाले आगो चाँडै फैलिएकाे उहाँकाे भनाइ छ ।

विष्णु गाउँपालिकाका प्रमुख जवाहरलाल यादवले आगलागीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको र भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका बताउनुभयाे । अहिले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेकाे छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*