सिराहामा ३ वर्षीय बालिका हत्या अभियोगमा दुई जना पक्राउ

कोल्हवी न्यूज
२०८१ बैशाख १७, सोमबार १६:३०

 सिराहामा तीन वर्षीय बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सिराहा नगरपालिका – १८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीय छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीय सोनादेवी र उनकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरीले जानकारी दिएको हो ।

घटनामा संलग्न भएको आशङ्का गरिएका सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार रहेका छन् । गत बुधवार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रवार राती छिमेकी धनिकलाल यादवको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

दुई परिवारबिच घरायसी झगडा हुँदै आएकाले सोही रिसिइबिका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*