डुङ्गाबाट ६ सय करोड भारुको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा

कोल्हवी न्यूज
२०८१ बैशाख १७, सोमबार ०७:०४

भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागु औषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई रोकेको छ । उक्त डुङ्गाबाट ८६ किलो लागु औषध बरामद भएको कोस्ट गार्डले जनाएको छ, जसको अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब ६०० करोड भारतीय रुपैयाँ रहेको छ ।

कोस्ट गार्डका अनुसार गुजरात प्रहरीको एटीएस र नार्कोटिक्स कन्ट्रोल ब्यूरोको टोली पनि यो डुङ्गा समात्न अभियानमा संलग्न रहेको थियो ।गत महिना पनि कोस्ट गार्डले ८० केजी लागु औषध बरामद गरेको थियो ।

गुजरातका डीजीपी विकास कुमारले एक विज्ञप्तिमा यी लागु औषध भारतीय बजारका लागि नभई श्रीलङ्का लगिएको बताएका छन्। अल रजा नामको पाकिस्तानी डुङ्गामा १४ जना पाकिस्तानी सवार थिए । उनीहरू सबै बलुचिस्तानका नागरिक हुन्। पाकिस्तानी नागरिकलाई हिरासतमा लिएर डुङ्गाको तलासी गर्दा कुल ८६ किलो तौल भएको लागु औषधका ७८ प्याकेट भेटिएको उनले बताए ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*