धनुषामा आगलागी हुँदा ६ लाखको सामान जले

कोल्हवी न्यूज
२०८१ बैशाख १५, शनिबार १४:०४

धनुषाको हंसपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।

हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको सामान राख्ने घरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, बाजा, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार रुपैयाँको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारले परिवारभित्रको विवादमा ज्वाइँले आगलागी गराएको आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*