सशस्त्र प्रहरी रौतहटले मनायो आफ्नो बार्षिक स्थापना दिवस

कोल्हवी न्युज
२०८१ बैशाख १५, शनिबार ०८:०५

रौतहट:सशस्त्र प्रहरी बल, नेपाल ११ नम्बर गण हेक्वा रौतहटले आफ्नो १७ औ स्थापना दिवस हर्सोल्लासका साथ मनायको छ ।

शुक्रवार विहान विशेष समारोमा सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआईजी दीपेन्द्र साहको प्रमुख आतिथ्यततामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादव,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगाएत सहायक प्रमुख जिल्ला अधिकारी,जिल्ला सुरक्षा समितिका सम्पूर्ण सदस्यहरु,स्थानिय निकायका विभिन्न ओहदाका प्रतिनिधिहरु, सीमा सहजिकरण समितिका सदस्यहरु, विभिन्न गैह सरकारी संघ संस्थाका प्रतिनिधिहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु एवम विभिन्न सुरक्षा निकायका कर्मचारीहरु उपस्थित थिए।

कार्यक्रममा समाजसेवीतर्फ ६ जना,विभिन्न प्रतियोगिताका विजयी सशस्त्र प्रहरी कर्मचारीहरु १५ जना,आन्तरीक कार्य उत्कृष्ट ढङ्गबाट सम्पादन गर्ने २६ जना,नगद सहित पुरस्कृत हुने ३ जना सोल्जर अफ द मन्थबाट सम्मानित १ जना,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी १ जना गरी ५२ जना ब्यक्तित्वहरुलाई पुरस्कृत गरीएको कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुभकामना मनतब्य राख्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नं.२ छिन्नमस्ता बाहिनीका बाहिनीपतिद्वारा नं.११ गण हेक्वाबाट सम्पादन भएका कार्यहरु प्रंशासा गर्दै आगमि दिनहरुमा समेत सुरक्षा चुनौतिलाई सामना गर्दै जिल्ला स्तरमा सुरक्षा समितिका सदस्यहरु विगतमा झैँ निरन्तर समन्वय सहकार्य गरी अगाडी बढ्नु पर्ने कुरालाई जोड दिदैँ जनताको जिउधनको सुरक्षामा अहोरात्र खटिन निर्देशन मिश्रित शुभकामना ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको समुन्नतीको कामना झल्कने केक काटी सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हे.क्वा.रौतहटको स्थापना दिवस २०८१ अंकित ब्यानर सहितको बेलुन उडाई कार्यक्रम अवधिभर विविध सांस्कृतिक प्रस्तुतीले थप रौनक बनायको कार्यक्रममा नं.११ गण रौतहटका गणपति विक्रम होमागाईबाट प्रमुख अतिथि तथा विशिष्ट अतिथि प्रति आभार एवम धन्यावाद ज्ञापन गर्दै स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*