चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

कोल्हवी न्यूज
२०८१ बैशाख १४, शुक्रबार १६:१० गते

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । प्रकाशसँग लिखित सम्झौता भइसकेको निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षले प्रकाशले निर्वाह गर्ने भूमिकाबारे भने खुलाएको छैन । जेठको दोस्रो साताबाट छायांकनमा जाने निर्माण पक्षको योजना रहेको छ ।

निर्माण पक्षले यस अघि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । विसं २०८२ सालभित्रै चलचित्र प्रदर्शनमा ल्याउने निर्माण पक्षले घोषणा गरेको छ ।

सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको लेखक तथा निर्देशक सरोज पौडेल हुन्  । चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*