५१ औँ दिनमा सकियो ‘नमेटिने घाउ’ को छायांकन

कोल्हवी न्यूज
२०८१ बैशाख १२, बुधबार १६:५५ गते

फिल्म ‘नमेटिने घाउ’को छायांकन सकिएको छ । सुरु गरेको ५१ औँ दिनमा फिल्मको छायांकन सकिएको हो । बुधबार भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले सुटिङसँगै फिल्म सकिएको निर्देशक रमित ढुङ्गानाले बताए । ‘फिल्मको सुटिङ एकदमै राम्रोसँग भयो ।  छिट्टै प्रदर्शनमा ल्याउछु,’ रमितले भने ।

‘नमेटिने घाउ’ ढुङ्गानाको निर्देशनमा डेब्यु फिल्म हो । फिल्ममा ओलीका अलवा माधव नेपाल, ज्ञानेन्द्र शाहीको पनि अभिनय छ । एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बनेको फिल्मले सर्वसाधारणमा जनचेतनाको काम गर्ने उद्देश्यले निर्माण भएको हो ।

फिल्मको छायांकन काठमाडौं, पोखरा, वीरगञ्ज, चपुर लगायतका स्थानमा भएको छ । शिवं अधिकारीको लेखन रहेको फिल्ममा आरती आचार्य, उमेस सुनाम, आर्जु, सिजन राउत, इभा गिरी, प्राप्ति पौडेल, विशाल देवकोटा, कमल देवकोटा, अर्जुन दुलाल, रोहित श्रेष्ठ, सन्दिप बाबु लोहनीलगायत कलाकारले समेत अभिनय देख्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*