दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते
दैलेखमा जंगली बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् ।
दैलेखको भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परी सात जना घाइते भएका हुन् ।
जङ्गलबाट मात्तिएर गाउँ पसेको बँदेलले आक्रमण गरेको वडा नं. ६ का वडा अध्यक्ष तुलबहादुर हमालले बताए ।
घाइते हुनेमा गणेश सिजाली, लछुमन पुन मगर, रत्नबहादुर बराल, तर्कबहादुर पुन मगर, पूर्ण सिजाली, जयबहादुर थापा मगर र तिलक पौडेल छन् ।
‘मंगलबार बिहानको समयमा घरमै बसिरहेको अवस्थामा बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।’ हमालले भने ।
घाइते तीन जनालाई उपचारका लागि स्थानीय खम्बागाडे बजारको लाइफ किअर फार्मेसी लगिएको छ ।
गणेशलाई थप उपचारका लागी जिल्ला अस्पताल दैलेखमा पठाइएको फार्मेसी सञ्चालक अर्जुन सुनारले जानकारी दिए ।