नेपाल आइपुगे कतारका अमिर

कोल्हवी न्यूज
२०८१ बैशाख ११, मंगलवार १६:३५ गते

कतारका अमिर दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । शेख तमिम बिन हमाद अल थानी आफ्नै विमानमार्फत ३ ४२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

राजकीय भ्रमणमा आएका उनको स्वागतमा राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल आएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*