मूर्ति चोरी गर्ने तीन महिला पक्राउ

कोल्हवी न्यूज
२०८१ बैशाख १०, सोमबार ०७:१२

 प्रहरीले दाङको तुलसीपुर-१९ छिल्लिीकोटमा रहेको कालिका-मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्ने तीन महिला पक्राउ परेका छन्।

माताको वेशमा गएर मूर्ति चोरी गर्ने  तुलसीपुर-१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरीलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो ।

तीनै जनाले आफूहरूलाई माता भन्दै भगवानले घण्टी माग गरेकाले मन्दिरबाट मूर्ति र घण्टी उठाएको बताएका छन्।  उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको अध्यक्ष मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*