जनकपुरधाममा एक युवकको हत्या, दुई जना पक्राउ
जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका– ४ विश्वकर्मा चौकमा बस्ने महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय युवक प्रिन्सकुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार युवकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरी सोधपुछ भइरहेको छ। उनका अनुसार मृतक र पक्राउ परेकाहरु लागुऔषधको सेवनकर्ता रहेका छन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता अवाले जानकारी दिए।
देश सञ्चारबाट साभार ।