अफगानिस्तानका महिलाको सक्रिय सहभागिता आवश्यक रहेको राष्ट्रसंघको भनाई

कोल्हवी न्यूज
२०८० चैत्र २६, सोमबार ०७:०३ गते

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक जीवनका सबै पक्षमा अफगानिस्तानका महिलाको सशक्त र सक्रिय सहभागिताको आवश्यकता रहेको बताएको छ । लैङ्गिक समानता र अफगास्तिानका महिला तथा युवतीहरुको अधिकारका लागि संयुक्त राष्ट्रसङ्घले सघाउने राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का उप–संयोजक इन्द्रिका रतवाटेले बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।

ओसिएचएको प्रतिवेदनअनुसार अफगानिस्तानमा सहायता वितरणका लागि आवश्यक बजेटको ६ प्रतिशत मात्र खर्च भएको छ । रतवाटेले अफगानिस्तानमा लैङ्गिक समानता र महिलाको अधिकारका लागि राष्ट्रसङ्घको समर्थनमा जोड दिँदै बजेट कटौतीप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

अफगानिस्थानमा प्रभावितमध्ये ९० प्रतिशत महिला तथा बालबालिकाका लागि सुरक्षित ठाउँको निर्माण गर्न राष्ट्रसङ्घको विशेष ध्यान रहेको छ । सन् २०२१ मा तालिबानले अफगानिस्तानमा महिलाहरूका लागि शिक्षा र कामलाई निलम्बन गरेको थियो । त्यहाँका महिलालाई सामाजिक कार्यक्रम तथा सार्वजनिक ठाउँहरुमा सहभागि हुन पनि मुस्किल छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*