सुनसरीकाे हरिनगर क्षेत्र तनावग्रस्त : अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर

कोल्हवी न्यूज
२०८० चैत्र २३, शुक्रबार १६:१६

सुनसरीकाे हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेकाे छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ ।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो । प्रत्यक्षदर्शीले केही व्यक्ति घाइते भएका बताए पनि यकिन भइनसकेकाे सुनसरी प्रहरीले जनाएकाे छ ।

यसैबीच आज दिउँसो १२ बजेदेखि लागू हुने गरी अर्काे सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लागू गरेको छ । हरिनगर गाउँपालिकाको सबै क्षेत्र र देवानगञ्जको वडा १ र ७ मा निषेधाज्ञा जारी भएको हो ।

हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । हिजाे स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । मेहताकाे अहिले स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*