त्रिशुली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु

कोल्हवी न्यूज
२०८० चैत्र १७, शनिबार ०८:२१

त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।

मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*