बाराको कोल्हवी -८ कि लाटी बहिरी युवतीलाई अनैतिक गर्ने युवालाई जबर्जस्ती करणी मुद्दा
कोल्हवी:बारा स्थित एकजना लाटि बहिरी शुस्त मनस्थितिकी बालिकालाई ललाइफकाई अनैतिक कार्य गर्ने एकजना युवक माथी प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी कार्वाही प्रक्रिया अगाडी बढाएको छ।
बारा जिल्लाको कोल्हवी नगरपालिका ८ नयाबस्तिका ३० वर्षीय प्रकाश कार्की माथी जबर्जस्ती करणी मुदा दर्ता गरीएको कार्वाही बढाईएको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताएका छन।
मुदा दर्ता संगै जिल्ला अदालत बारा बाट म्याद थमाएर कार्वाही तथा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रवक्ता डिएस्पी न्यौपानेले जानकारी दिएका छन।
अहिले आरोपी जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको छ,अनुसन्धान पछि घटनाको पूर्ण बिवरण आउने प्रहरी प्रवक्ता डिएस्पी न्यौपानेले जानकारी दिएका छन।
बारा कोल्हवी नगरपालिका ८ काँटगाऊँका समबहादुर तामाङको सुस्तमनस्थितिकी लाटी-बहिरी छोरी नाम परिवर्तन लाटी तामाङलाई आफ्नै घरबाट यही चैत्र ८ गते ८ बजे राति अपहरण गरि दुई दिनसम्म दुर्व्यवहार समेत गरेको मौखिक उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कोलहबिले ४ दिन अघि आरोपी कार्की लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाएको थियो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भईसकेको प्रहरीले जनाएको छ। बालिकालाई सुरुमा कलैया स्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो। महिला सेल प्रमुख इन्स्पेक्टर बिमला कुमारी कठायतले प्रारम्भिक अनुसन्धान पछी थप कारवाहीको लागि जिल्ला प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ।
उक्त घटनामा ईलाका प्रहरी कार्यालय कोलबिका प्रमुख इन्स्पेक्टर भोलामान सिंह अधिकारीको सक्रियताले आरोपी उम्किन नसकेको वडा न.८ का वडा अध्यक्ष अनुप सुबेदिले बताउनु भएको छ।