पोखरा जाँदा सँगै सीटमा परेका युवासँग प्रेम, बिहे गरी भारत पुगेपछि थाहा भयो बेचिएको !

पीडित महिलाले दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ पौडेललाई पक्राउ गरेको छ । ठगीमा संलग्न पौडेल पक्राउ परेका छन् । अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।
कोल्हवी न्यूज
२०८० चैत्र १०, शनिबार ०७:१६

 काठमाडौबाट पोखरा जानेक्रममा बसमा भएको भेटमा एक महिला अपरिचित युवासँग प्रभावित भइन् । नयाँ पुरुषसँग उनले परिचय गरिन् । पुरुष थिए, नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्री ।

ती महिला काठमाडौबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रेम भयो ।

केही समयको अन्तरालपछि दुईबीच बुटवलमा बिहे भयो । बिहे गरेर पौडेलले युवतीलाई भारत लगे ।

युवतीकी बहिनी मिर्गौलाको बिरामी थिइन् । पौडेलले ‘तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु’ भनी बुटवल हुँदै भारत लगे ।

पौडेलले आफन्तबाट सरसापट मागेर पीडितकी बहिनीको उपचारका लागि ७० लाखभन्दा धेरै पैसा जम्मा गरिदिएको बताए ।

त्यो निकाल्न छ लाख लाग्छ भनी पीडितबाट छ लाख रुपैयाँ लिए । विश्वासमा परेकी युवती भारत पुगिन् , तर उनले सबै कुरा झुठो भएको थाहा पाइन्, जब उनी बेचिइन् ।

पीडित महिलाले दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ पौडेललाई पक्राउ गरेको छ । ठगीमा संलग्न पौडेल पक्राउ परेका छन् । अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*