बङ्गलादेश, पाकिस्तान र भारतको वायु गुणस्तर खराब रहेको प्रतिवेदन सार्वजनिक

कोल्हवी न्यूज
२०८० चैत्र ७, बुधबार ०६:५३ गते

विश्वभरमा भारत, पाकिस्तान र बङ्गलादेशको हावाको गुणस्तर सबैभन्दा खराब रहेको पाइएको छ । विश्वको हावाको गुणस्तर मापन गर्ने स्वीस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को प्रतिवेदन अनुसार बङ्गलादेशको हावा, हावामा प्रदुषित कणको हिसाबले सबैभन्दा खराब छ ।

दोस्रोमा पाकिस्तानको हावा र तेस्रो स्थानमा भारतको हावाको गुणस्तर खराव रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको बीबीसी हिन्दिले जनाएको छ । प्रतिवेदनअनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गरेको छ ।

अष्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्डका हावा सुरक्षित रहेको खबरमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*