बाराको कोल्हवी जङ्गलमा मृत भेटिएको बाघ गोलि हानी मारिएको,जुँगा,पुच्छर र दात चोरिएको

कोल्हवी न्युज
२०८० चैत्र ६, मंगलवार २०:१०

कोल्हवी:बाराको कोल्हवी स्थित तामागढी साझेदारी वन क्षेत्रभित्र मृत भेटिएको भनिएको बाघको गोली हानेर मारिएको पाईएको छ।

मरेको उक्त बाघको पुच्छर, दाँत र जुँगासमेत चोरेर लगिएको छ। मृत भनी भेटिएको उक्त बाघलाई गोलि हानेर मारिएको अवस्थामा कोल्हवी सव डिभिजन वन कार्यालयको टोलीले फेला पारी ई.प्र.का कोल्हविको सहयोग लिएको थियो।

करिब २ देखि ३ वर्षको पोथी बाघ वन क्षेत्रभित्र मृत अवस्थामा भेटिएको थियो।बाघलाई नाकको माथिल्लो भागमा गोली हानिएको छ भने दाँत झिकिएको,पुच्छर काटिएको र जुँगासमेत निकालिएको अवस्थामा फेला परेको कोल्हवी सव डिभिजन वन कार्यालयका प्रमुखले बताउनु भएको छ।

अन्सारीका अनुसार बाख्रा हराएको भन्दै गाउँलेहरू जङ्गलमा खोज्न जाँदा बाघ मरेको देखेर खबर गरेका थिए । उनले भने,‘गोली लागेको बाघको पुच्छर, दाँत, जुँगा चोरी भएको छ।कसले किन मारेको भनेर अहिले नै भन्न गाह्रो छ।’

बाघको शव हेर्दा २ दिनअघि मारिएको अन्सारीको अनुमान छ । बाघको शव परीक्षणका लागि जिल्ला पशु कार्यालय बाराका पशु चिकित्सकहरूको टोली आएको थियो ।तामागढी साझेदारीमा वनमा मारिएको यो बाघसँगै पछिल्लो एक डेढ महिनाको अन्तरमा बारामा आधा दर्जन बाघ मरिसकेका छन् ।

४ दिनअघि बाराको कछडिया सामुदायिक वनमा करिब ८ वर्षको जवान भाले बाघ विष हालेर मारिएको अवस्थामा फेला परेको थियो । फागुन दोस्रो साता पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा ४ दिनको अन्तरमा २ वटा जवान भाले र पोथी बाघ मृत भेटिएका थिए । पर्साको ठोरीबाट नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये २ वटा बाघको मृत्यु भएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र,राष्ट्रिय वन,साझेदारी र सामुदायिक वनको ठुलो भूभाग अतिक्रमण भएर बस्ती र कृषि भूमिमा परिणत भएको छ।जसका कारण निकुञ्ज बाहिर निस्किएका बाघले पशु चौपाया र मानिसको ज्यान लिने र विभिन्न कारणले बाघको समेत ज्यान जाने गरेको छ ।रातो पाटी बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*