बाराको कोल्हवी जङ्गलमा मृत पोथी बाघ फेला
कोल्हवी:बारा कोल्हबीको वडा न.२ अन्तर्गत पर्ने अम्बा महादेव भन्ने जङ्गलको भित्र काट गाउँ नजिक मृत अवस्थामा पोथी बाघ फेला परेको छ।
अन्दाजी करिब ४०,४५ के,जि.को पोथी बाघलाइ मृत अवस्था देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। मरेको बाघको प्रकृति हेर्दा एक दुई दिन अगाडि पोथि बाघ मरेको अनुमान गरिएको छ।
ईलाका प्रहरी कार्यालय कोल्हबी र तामागढी सब डिबिजन वन कार्यालय कोल्हबी २ पुरानो काटाको सयुक्त गस्ती टोलिले तामागढी बन कार्यालय पुरानो काटामा आवश्यक अनुसन्धानको लागि मृत बाघलाई बुझाईएको ईलाका प्रहरी कार्यालय कोल्हबिका प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले कोल्हवी न्युजलाई जानकारी दिनु भएको छ।










