इंग्लिस प्रिमियर लिग : बोवेनको ह्याट्रिकमा वेस्ट ह्याम विजयी

कोल्हवी न्यूज
२०८० फाल्गुन १५, मंगलवार ०७:४० गते

जरोड बोवेनले गोलको व्यक्तिगत खडेरी तोड्दै ह्याट्रिक गरेपछि वेस्ट ह्यामले सोमबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ४–२ ले हराएको छ । खराव लयमा रहेको वेस्ट ह्यामको यो नौ खेलयता पहिलो जित हो ।

इंग्लिस प्रिमियर लिग : बोवेनको ह्याट्रिकमा वेस्ट ह्याम विजयी

बोवेनले डिसेम्बर २३ यता कुनै गोल गरेका थिएनन् । तर लन्डन स्टेडियममा तीन गोल गर्दै उनले लयमा फर्केको प्रमाणित गरे । डेविड मोयसको वेस्ट ह्यामले डिसेम्बर २८ मा आर्सनललाई पराजित गरेयताको यो पहिलो जित पनि हो  ।

यो जितपछि वेस्ट ह्याम ३९ अंकमा आठौं स्थानमा उक्लिन सफल रह्यो । ब्रेन्टफोर्ड भने २५ अंकमा १६ औं स्थानमा झर्‍यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*