रुसमाथि अमेरिकाले लगायो ५०० नयाँ प्रतिबन्ध

कोल्हवी न्यूज
२०८० फाल्गुन १२, शनिबार ०७:०१ गते

युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।

विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध थप गरेको हो। प्रतिबन्ध थप गर्नुमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमण पनि कारण रहेको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रतिबन्ध नाभाल्नीको कारावासका साथसाथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार, खरीद नेटवर्क र थुप्रै महाद्वीपमा प्रतिबन्ध बेवास्ता गर्ने व्यक्तिहरूलाई लक्षित गरेको प्रतिक्रिया दिए।

रूसले फेब्रुअरी सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*