प्रिमियर लिग : लिभरपुलले लुटन टाउनलाई हरायाे, म्यानचेष्टर सिटीसँग ब्रेन्टफोर्ड पराजित
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनलाई ४–१ गोलले हराएको हो ।
लिभरपुलका लागि भिर्गिल भान डिजकले ५६औँ मिनेटमा कोडी गाक्पोले ५८औँ मिनेटमा, लुइस ड्याजले ७१ औँ मिनेटमा र हार्भे इलियटले ९०औँ मिनेटमा गोल गरेका हुन् । लुटन टाउनका लागि चियोडोजी ओग्बेनेले खेलको १२औँ मिनेटमा गरेको गोलपछि अरु गोल हुन सकेन ।
लिभरपुल २६ खेलमा ६० अङ्कसहित अङ्कतालिकामा पहिलो स्थानमा छ भने लुटन टाउन २५ खेलमा २० अङ्कसहित १८औँ स्थानमा छ । यस्तै, हिजै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको छ ।
म्यानचेष्टर सिटीको २५ खेलमा ५६ अङ्क छ । ब्रेन्टफोर्ड २५ खेलमा २५ अङ्कसहित तालिकामा १४औँ स्थानमा छ ।










