जापानमा बेमौसमी तापक्रम बढ्यो, बाढी र हिमपहिरोको जोखिम भएकाले सतर्क रहन आह्वान

@Jæ¯Ì½ßAu[V[gª©¯çê½u©ÜçvPTúAHc§¡ès
होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो । उत्तरी जापानको अकिता सहरमा पनि तापक्रम २० दशमलव १ डिग्री, मध्य जापानको कानाजावा सहरमा २१ दशमलव ८ डिग्री र मध्य टोकियोमा १६ दशमलव ५ डिग्री पुगेको छ ।
जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको त्यहाँको मौसम सम्बन्धी निकायलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । एक्कासी तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने सम्भावना धेरै रहेकाले तल्लो क्षेत्रका मानिसहरूलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।










