३५ करोड डलर तिर्न अदालतले आदेश दिएपछि ट्रम्पले ल्याए आफ्नै ब्रान्डको जुत्ता

कोल्हवी न्यूज
२०८० फाल्गुन ७, सोमबार ०७:२१ गते

अदालतले ३५ करोड डलर जरिवाना लगाएपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नामको ब्रान्डमा जुत्ता लन्च गरेका छन्।

केही दिनअघि न्युयोर्कको एक अदालतले ट्रम्पलाई आफ्नो सम्पत्तिको मूल्य बढाएको आरोपमा ३५ करोड ५० लाख अमेरिकी डलर जरिवाना लगाएको थियो।

फैसला आएको केही दिनपछि ट्रम्पले उनले फिलाडेल्फियामा ‘ट्रम्प स्नीकर्स’ सार्वजनिक गरेका हुन्। यो जुत्ताको मूल्य ३९९ अमेरिकी डलर राखिएको छ। उनी फिलाडेल्फियामा चुनाव अभियानसँगै जुत्ताको प्रचारमा देखिएका छन्।

आफ्नो नाम र विभिन्न कुराहरू लेखिएका सबै जुत्ता बिक्री भएका छन्। जब ट्रम्पले जुत्ता लन्च गरे, तब कतिपयले उनको मजाक उडाउने प्रयास गरे भने कतिपयले प्रोत्साहन गरे।

ट्रम्पलाई राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको उम्मेदवारका रुपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*