जापानद्वारा नयाँ पुस्ताको रकेटको सफल परीक्षण, चन्द्रमाको सतहमा सामान पुर्‍याउन सक्ने

कोल्हवी न्यूज
२०८० फाल्गुन ५, शनिबार १७:२२ गते

जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षाैँकाे ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

नयाँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत गरिएको छ । यसले चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम गर्न सक्ने जाक्साका अध्यक्ष हिरोशी यामाकावाले बताउनुभएको छ । वैज्ञानिकहरूले एच–थ्रीमा प्रयोग भएको विश्वकै पहिलो प्रविधिको परीक्षण महत्त्वपूर्ण रहेको बताएका छन् ।

गएको महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गरेपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौँ देश बनेको छ । जापानले अघिल्लो महिना चन्द्रमाको सतहमा ‘मून स्नीपर’ उपनाम दिइएको स्लिम अन्तरिक्षयान अवतरण गर्न सफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*