रौतहटका मेयर साह र बरिष्ठ पत्रकार मिश्रा सम्मानित 

कोल्हवी न्युज
२०८० फाल्गुन ५, शनिबार ०९:१५

रौतहट:रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साह र बरिष्ठ पत्रकार सञ्जय मिश्रा लाई एक समारोहका बिच सम्मानित गरिएको छ।

रौतहटको देवाही गोनाही नगरपालिकाको सभाकक्षमा शुक्रवार अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मेयर साह र पत्रकार मिश्रालाई सम्मानित गरिएको हो। 

मधेश प्रदेशमा उत्कृष्ट र कार्य सम्पादकमा पनि सव भन्दा बढी अंक प्राप्त गरेको भन्दै राष्ट्रीय योजना आयोगका वरिष्ठ सदस्य माननीय रामकुमार फुयाँलले मेयर साहलाई खाँदा ओढाई कदरपत्र बाट सम्मानित गरेका थिए। गत स्थानिय तहको निर्वाचनमा मेयर शम्भु साह नेकपा समाजबादी पार्टीको टिकट बाट गौर नगरपालिकामा निर्वाचित भएका थिए।

त्यसतै भ्रष्टाचार विरुद्ध खुलेरै कलम चलाउने , खोजमूलक समाचार संगै लेख्नमा सदैव क्रियाशील रहेको भन्दै आयोगका वरिष्ठ सदस्य फुयाँलले पत्रकार मिश्रालाई खाँदा ओढाएर कदरपत्र बाट सम्मानित गरेका थिए।

पत्रकार मिश्रा रौतहटमा रहेर दुईदशक भन्दा बढी समय देखि क्रियाशील पत्रकारिता गर्दै आधादर्जन मीडिया संग आब्द रहेका छन। उनी काठमाडौं बाट संचालित न्युज कारखाना, रातोपाटी अन्लाईन, बिरगंज बाट प्रकाशित हुने मधेश दृष्टि दैनिक संग आब्द रहेका छन भने कटहरिया एफएमका स्टेसन म्यानेजरको जिम्मेवारी समेत सम्हालेका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*