बाराको कोल्हवीमा दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु: फोटो फिचर सहित

कोल्हवी न्युज
२०८० फाल्गुन ५, शनिबार ०८:३८ गते

कोल्हवी: बाराको कोल्हवीमा शुक्रबार देखि कोल्हवी नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना तथा सपही मा.बि को सम्योजनमा दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कोल्हवी नगरपालिका वडा न.४ स्थित श्री नेपाल रास्ट्रिय नमुना मा.वि सपहिमा शुरु भएको छ।

 

सपही मा.विका ब्यब्स्थापन समितिका अध्यक्ष गोपाल शिवाकोटिको सभाध्यक्षतामा  शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कोल्हवी नगरपलिकाका मेयर राम प्रसाद चौधरी रहनु भएको थियो।

 

कार्यक्रममा बिशेष अतिथी कोल्हवी नगरपालिकाकि उप-मेयर लक्ष्मी कुमारी चौधरी,निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज चौधरी,वडा न.१ का वडा अध्यक्ष राजहरण चौधरी,३ का वडा अध्यक्ष किशुन्दयाल चौधरी,८ का वडा अध्यक्ष अनुप सुवेदी, ६ का वडा अध्यक्ष दिनेश चौधरी,अनुप दिपनी मा.बि कोल्हविका ब्यब्स्थापन समितिका अध्यक्ष किशोरी प्रसाद चौधरी लगायतका रहनु भएको थियो।यसै गरि अतिथिहरुमा सपही स्कुलका ब्यब्स्थापन समितिका सदस्य अमेरिकन चौधरी,दिपेन्द्र चौधरी,ई.प्र.का कोल्हविका प्रमुख भोलामान सिंह अधिकारी,शसत्र प्रहरी बल बेश क्याम्प कोल्हविका उमेश पौडेल,था.क.स कोल्हवी नगर अध्यक्ष रामनाथ चौधरी,कोल्हवी नगरपालिका शिक्षा शाखा प्रमुख मिश्रिलाल साह,जि.खे.बि.कार्यलय बाराका हेमलाल चौधरी,खेल प्रशिक्षक राजकुमार चौधरी,महेन्द्र देव्कोटा,कयामुदिन लागायतका रहनु भएको थियो।

कार्यक्रमको स्वागत मन्तब्य भुनेस्वर चौधरिले गर्नु भएको थियो भने कार्यक्रममा शुभकामना मन्तब्य किशोरी चौधरी,चन्द्रदेब कुशवाह, वडा न.३ का वडा अध्यक्ष किशुनदयाल चौधरीले गर्नु भएको थियो।

 

शुक्रवार बाट शुरु भएको दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोल्हवी नगरपालिका भित्रका ७ वटा माध्यमिक बिद्यालयहरुको सह्भागिता रहेको थियो भने यसपाली देखि प्रतियोगितामा दुई नयाँ खेल तेक्वान्दो ,कबड्डी समाबेस गरिएको कोल्हवी नगरपालिकाका शिक्षा शाखा प्रमुख मिश्रिलाल साहले बताउनु भएको छ।प्रतियोगिता यहि आईतबार सकिने छ।

 

कार्यक्रम सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी समेत रहनु भएका कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरीले समाजमा साना बाल्बालिका हरुको अवस्था बिग्र्दै गएकाले बालबिवाह अन्त्य गरै- लागुपदार्थ सेवन बन्द गरौ भनेर नारा समेत लगाउनु भएको थियो।कार्यक्रमको सन्चालन तुलसी ढकालले गर्नु भएको थियो।फोटो फिचर:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*