काठमाडौंमा मधेसीलाई ‘भैया’ भन्ने २ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

कोल्हवी न्यूज
२०८० माघ २९, सोमबार १८:५२

काठमाडौंमा पत्रकार राजकरण महतोलाई ‘भैया’ भन्दै दुव्र्यबहार गर्ने बस चालक र सहचालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा आइतबार चालक र सहचालक उपर जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि कसुर मुद्दा दायर गरेको हो ।

बसका सहचालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका १६ बस्ने वर्ष २४ का विक्रम कार्की र चालक धादिङकाे त्रिपुरसुन्दरी गाउँपालिका ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३२ तीनकुने बस्ने वर्ष २५ का शेकबहादुर पौडेलमाथि मुद्दा दायर भएको हो ।

गत माघ ७ गते काठमडौंको तीनकुनेमा पत्रकार महतोलाई ‘भैया’ भन्दै बा.२ ख ४५३४ नम्बरको बसका चालक तथा सहचाकले दुव्र्यबहार गरेका थिए।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम चालक र सहचालकविरुद्ध दर्ता भएको मुद्दा पत्रकार राजकरण महतोको जाहेरीले नेपाल सरकार वादी रहेको छ ।दुवै प्रतिवादीहरु उपर मुलुकी अपराध संहिता १६० बमोजिम कारबाही दिलाई पाउँ भनि जाहेरी दर्खास्त परेको थियो ।

दर्ता भएको मुद्दामा प्रहरीको घटना मुचुल्कामा सहचालक प्रतिवादी विक्रम कार्कीको बयानमा आफूले दुव्र्यबहार गरेको स्वीकार गरेका छन् । चालक शेक बहादुरले पनि सहचालकले गरेको दुव्र्यबहार घटनामा आफूले समर्थन जनाएको पनि स्वीकारेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

भेदभाव तथा अपमानजनक व्यबहार गरेको कसुर पुष्टि हुने भएकाले जाहेरीमा पत्रकार महताेले मुलुकी सहित २०७४ को दफा १६६ (१) बमोजिमको कसुरमा दफा १६६ को उपदफा (२) सजाय माग गरेका छन् । यो कसुरमा ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना वा दुबै कारबाही हुन सक्ने कानुनी व्यवस्था छ ।

अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट महतोलाई सडक किनारमा हिँडिरहेको अवस्थामा माघ ७ गते तीनकुनेमा बस चालक तथा सहचालकले साम्प्रदायिक सद्भाव बिथोल्ने भाषाबाट दुव्र्यवहार गर्नुका साथै कुटपिटको प्रयास गरेका थिए । दुबैजनालाई प्रहरीले माघ ११ गते पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*