१५ हजार घुस लिएको आरोपमा कलैया मालपोतका खरिदार दोषी ठहर

कोल्हवी न्यूज
२०८० माघ २७, शनिबार १५:२३

भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार साहलाई दोषी ठहर गरेको हो ।

अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको अभियोग थियो ।

उनले मागेको पैसा बुझिदिने गौरीशंकर कुमार साहलाई मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*