कोल्हबी ५ ककडिमा जंगली हात्तिको आतंक

धिरेन्द्र पनुहर
२०८० माघ २७, शनिबार ०९:०६

कोल्हवी:बाराको कोल्हबी नगरपालिका वाड न ५ ककडी टोलमा शुक्रबार राती जंगली हात्ति प्रवेश गरि बस्तिमा आतंक मच्चाएको छ।

शुक्रबार राती ११ बजेको करिबमा ककडी गाउँ भन्दा उतर किसानले लगाएको मकै र गहु बाली खान लाग्दा स्थानीयहरुले हल्ला गरि धपाएर भगाएका थिए।

पछि बिहान ४ बजेको समयमा फेरि जङली हात्ति बस्तिमा प्रवेश गरि स्थानीय बैजनाथ चौधरीको घरको बार भत्काइ घर भित्र रहेको चामल दुई बोरा नष्ट गरेको छ। जंगली हात्ति घरको बार भत्काइ रहेको थाहा पाए पछि त्यहाबाट भागेर ज्यान बचाउन सफल भएको चौधरीले बताएका छन।

जङली हात्ति करिब एक घण्टा सम्म बस्तीमा रहेको थियो। हात्तिलाई देखेर स्थानीयहरु त्रसित भएका थिए। दुई हप्ता अगाडि मात्रै सोही वडाको सखुअवा टोलमा हात्तिले पाँच जनाको घरमा क्षति पुर्याएको थियो। हात्ति नियन्त्रण गर्नको लागि स्थानीयहरुले सम्बन्धित निकायलाई जानकारी गराउदा पनि कुनै चासो नलिएको बताएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*