पाकिस्तानमा चुनावअघि दुईवटा बम विस्फोट, कम्तिमा २८ जनाको मृत्यु

कोल्हवी न्यूज
२०८० माघ २५, बिहीबार ०७:३० गते

पाकिस्तानमा आज (८ फेब्रुअरी) आम निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेबाट शुरू भई साँझ ५ बजेसम्म मतदात चल्ने पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तर, आम निर्वाचन हुनुभन्दा एक दिनअघि बलुचिस्तान प्रान्तमा उम्मेदवारको कार्यालय बाहिर भएका बम विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

पहिलो विस्फोटमा १८ जनाको मृत्यु भएको थियो । यो विस्फोट क्वेटाको पिसिन जिल्लामा भएको हो । दोस्रो विस्फोट किला सैफुल्लाहमा भएको थियो जसमा नौ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । प्रहरीले यी दुवै बम विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको समाचारमा उल्लेख छ ।

विष्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*