रौतहटका पत्रकार तिवारी माथी निर्घात कुटपिट

दोषीलाई तत्काल पक्राउ गरि कार्वाही गर:पत्रकार माहासङ
कोल्हवी न्युज
२०८० माघ २३, मंगलवार २२:०२

रौतहट:रौतहटमा समाचार संकलन गर्न गएका पत्रकार तिवारी माथी मिल सन्चलकले निर्घात रुपमा कुटपिट गरेका छन।

जिल्लाको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारलाई कुटपिट गरिएको हो।

किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरुले आन्दोलन गरेका थिए।

किसानहरुले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन्।

कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्।

पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले खोसेर लगेका बताइएको छ। घाइते तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

तिवारीसँगै रहेका अर्का पत्रकार धीरज यादवको समेत मोबाइल र क्यामेरा खोसिएको बताइएको छ।
यता पत्रकार कुटपिटको घटनालाई लिएर दोषी उपर तत्काल पक्राउ गरि कडा कार्वाहीको माग गर्दै नेपाल पत्रकार माहासङ रौतहट शाखाले बिज्ञपति समेत निकालेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*