बाराको कोल्हवीमा ट्राफिक सचेतना कार्यक्रम मनाईदै

कोल्हवी न्युज
२०८० माघ १, सोमबार ०८:३४

कोल्हवी:बाराको कोल्हवीमा ई.प्र.का कोल्हवी,शसत्र प्रहरी वेस क्याम्प कोल्हवी,अस्थाई ट्राफिक प्रहरी पोस्ट कोल्हवी,जनशक्ति क्लब कोल्हवी र श्री शान्ती बृद्धा फाउन्डेसन कोल्हविको सयुक्त आयोजनामा कोल्हविका विभिन्न ४ स्थानमा ट्राफिक सचेतना कार्यक्रम आईतवार देखि शुरु गरिएको छ।सडक दुर्घटना बाट धेरैको अकालमा ज्यान जाने र शरीर अंग भंग हुने भएकोले सडकमा कसरी सुरक्षित यात्रा गर्न सकिन्छ भनेर आईतवार बाट उक्त सचेतना कार्यक्रम शुरु गरिएको आयोजकले बताएको छ।कार्यक्रम कोल्हवी नगरपालिका भित्रका रम्पुर्वा जाने चौक,अधनवा चौक र झुर्झुर चौकमा गरिने बताईएको छ।

सचेतना कार्यक्रम नेपाल प्रहरी,शसत्र प्रहरी र अस्थाई ट्राफिक प्रहरी लाई जनसक्ती क्लब कोल्हवी र श्री शान्ती बृद्धा फाउन्डेसन कोल्हविका सदस्यहरुले ट्राफिक नियमको पालना कसरी गर्नु पर्छ भनी पर्चा पम्प्लेट सहित मोटरसाइकल चालक,साइकल चालक र गाडी चालकहरुलाई सडकमै सम्झाई बुझाई आउँदा दिनमा यस्ता गल्ती नदोहोर्‍याउनका लागि सुझाब दिईएको थियो।
उक्त ट्राफिक सचेतना कार्यक्रम ई.प्र.का कोल्हविका प्रमुख भोलामान सिह अधिकारी,शसत्र प्रहरी वेस क्याम्प कोल्हविका प्रमुख उमेश पौडेल,अस्थाई ट्राफिक प्रहरी प्रमुख,जनशक्ती क्लबका अध्यक्ष खुशी चौधरी,श्री शान्ती बृद्धा फाउन्डेसनका अध्यक्ष प्रेम नारायण चौधरी,शान्ती बृद्धा फाउन्डेसनका संस्थापक अध्यक्ष गणेश चौधरी लगाएत जनशक्ती क्लबका सदस्यहरु र शान्ति बृद्धा फाउन्डेसनका सदस्यहरुले सहजिकरण गर्नु भएको थियो।कार्यक्रम माघ ३ गते सम्म कोल्हविका विभिन्न स्थानमा जारी रहने बताईएको छ।ट्राफिक सचेतना कार्यक्रमका केही झलक तस्विरमा:कोल्हवीमा ट्राफिक सचेतना कार्यक्रमका तस्वीर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*