बाराको कोल्हवी रामपुर्वामा हुने थारु माघी महोत्सवको सम्पुर्ण तयारी पुरा
कोल्हवी: बाराको कोल्हवी ११ रामपुर्वामा´आर्थिक विकास`सामाजिक सुधार` शिक्षा तथा सान्स्कृतिक प्रवर्द्धन-२०८० भन्ने मुला नाराका साथ बाराको कोलहवी ११ रमपुर्वा खेल मैदानको चौरमा हुन गईरहेको थारु माघी सान्स्कृती महोत्सवको सम्पुर्ण तयारी पूरा भएको थारु कल्याणकारी सभा बाराका सभापति राम प्रसाद चौधरिको सभाध्यक्षतामा आज एक कार्याक्रमका बिच पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ।
थारु कल्याणकारी सभा बारा,कोल्हवी नगरसभा तथा वडा कार्य समिती रामपुर्वाको आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी,विशिष्ट अतिथी उप- मेयर लक्ष्मी कुमारी चौधरी ,थारु कल्याणकारी सभा बाराका कोषाध्यक्ष बासु चौधरी,सचिब यादवकृष्ण चौधरी,जिल्ला कमिटी सदस्य सन्जय कुमार चौधरी प्रचार प्रसार संयोजक रामनाथ चौधरी रहनु भएको थियो।यसै गरि अतिथीहरुमा कोल्हवी नगर कमिटीका प्रेम नारायण चौधरी,कोल्हवी गाउँ कमिटीका सभापती रामबाबु चौधरी ,था.क.स व्कोल्हवी वडा न.११ समिती रामपुर्वाका सभपति देवानन्द चौधरी लगायत विभिन्न उप- समितिका प्रमुखहरुको उपस्थिती रहेको थियो।
थारु सम्बत २६४७ थारु माघी सान्स्कृतिक महोत्सवको यहि पौष २९ गते रक्तदान कार्यक्रम रहेको छ भने माघ १ गते उद्घाटन सहित स्थानिय वा जिल्ला बाहिरका थारु सान्स्कृतिक झलक हरु प्रस्तुत हुने छन।यसै गरि माघ २ गते रास्ट्रििय गायिका अन्जु कुस्मिको बेजोड गायन या नृत्यको बेजोड प्रस्तुती रहने छ।यसै गरि अन्तिम दिन नवलपरासी जिल्लाको शेरगन्ज थारु सान्स्कृतिक झलक देखाइने आयोजकले बताएको छ।
उक्त महोत्स्वमा थारु समुदायले खाने परिकार सहित सान्स्कृतिक झलकहरुको ब्यब्स्था गरिएको र्स्थानिय स्तर बाट ७० भन्दा बढि थारु झाकी सहितको नाच र ८० भन्दा बडि खानेकुराका स्टल सहित मनोरन्जन्का हरेक साधन हरु सङ रमाइलो पनि गर्न सकिने र आज बाट यो महोत्सवको सम्पुर्ण पुर्व तयारी सकिएको उक्त कार्यक्र्मको सहजिकरण गर्दै थारु कल्याणकारी सभा बाराका सचिब यादवकृष्ण चौधरिले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ।










