बाराको कोल्हवी-६ परसौनामा दुई सहकारीको गएराती लाखौ चोरी
कोल्हवी:कोल्हबी नगरपालिका वडा नं.६ प्रसौनामा रहेका दुईवटा सहकारी संस्थामा गएराती चोरी भएको छ । साना किसान कृषि सहकारी संस्था र निर्मल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मंगलबार राती चोर समुहले करिब ६ लाख रुपैंया नगद र कार्यालय सामान चोरी लगेको प्रहरीले जनाएको छ ।
साना किसान कृषि सहकारी संस्थाको भल्ट फोडी तहाँ रहेको ५ लाख ४५ हजार ९१५ नगद र सिसि क्यमराको डिभाईस् यस्तै निर्मल बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा रहेको स्टील दराज फोडी तहाँ रहेको ४५ हजार चोरी भएको जानकारीमा आएको हो ।
चोर समुहले कार्यालयका ढोका, कोठा, पैसा राख्ने भल्ट फोडी तहाँ रहेको नगद चोरी लगेका छन् । सहकारीका कार्यालयमा जडित सिसिटिभि क्यामराका डिभाईस, मोनिटर समेत चोरी लगेको पाईएको ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामानसिंह अधिकारीले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा बुधबार विहान कार्यालय खुल्ने समयमा जानकारी भएपछी पुगेको प्रहरी अनुन्धान गरिरहेको उहाँले बताउनु भयो ।
पछील्लो समय जिल्लामा चोरीका घटना बढेका छन् । चोर समुहले स्थानिय सहकारी लगायतका वित्तिय संस्थालाई निशाना बनाउँदा श्रृन्खलाबद्ध चोरीका घटना भैरहेका छन् । एकबर्षको अवधिमा जिल्लामा एकदर्जन सहकारी तथा बैंक, वित्तय संस्थाका कार्यालयहरुमा चोरिका घटना बाहिर आएका छन।रातोघर बाट