सन् २०२३ विश्वको सबैभन्दा तातो वर्ष पुष्टि
२०८० पुष २५, बुधबार ०७:२३ गते
सन् २०२३ लाई रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा पुष्टि गरिएको छ । गत वर्ष मानिसले ठूलो मात्रामा जीवाष्म इन्धन जलाउन थालेको लामो अवधिको औसतभन्दा १.४८ डिग्री सेल्सियस बढी तातो थियो ।
जुलाईदेखि लगभग हरेक दिन नयाँ विश्वव्यापी वायुको तापक्रम उच्च भएको बीबीसीले जनाएको छ । समुन्द्री सतहको तापक्रम पनि उच्च मापन गरिएको थियो ।
मानिसले कार्बनडाइअक्साइड जस्ता हरितगृह ग्यासहरू वायुमण्डलमा रेकर्ड मात्रामा छोडिराखेको हुनाले १०० वर्षअघिको तुलनामा संसार अहिले धेरै तातो भएको हो ।










