रौतहटका शिक्षकनै भ्रष्टाचारमा लिप्त रहेको स्थानीयको आरोप

कोल्हवी न्युज ब्यूरो
२०८० पुष ११, बुधबार ०८:३६

रौतहट:राैतहट जिल्लाकाे देवाही गाेनाही नगरपालिका-७ मा रहेको श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहा बिरूद्ध मंगलवार स्थानीय र राजनीतिकर्मिहरूले पत्रकार सम्मेलन समक्ष आफ्नो कुराहरू राखेका छन।

देवाही गाेनाही नगरपालिका-७ मा उचिडउहमा श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले ब्यापक भ्रष्टाचार गरेको स्थानियले आराेप लगाएका छन।

२०७६ सालमा बिधालय व्यवस्थापन समितिकाे अवधि सकिय पछि आफु खुशी मनाेमानी पुर्वक आजका मिती सम्म आर्थिक बर्ष ०७६/०७७ / ०७७/०७८/ ०७८/०८९ र आर्थिक बर्ष ०८०/८१ चालु समेत कानुन बिपरित बिना दरबन्दीकाे कयौं अबैध शिक्षक नियुक्त गरेको स्थानीय युवा नेता रूपेश पटेलले आराेप लगाएका छन।

भवन निर्माण,शाैचालय निर्माण,पाठ्यपुस्तक खरिद तथा छात्रवृत्ति बितरण,दिवा खाजा लगाएत अन्य निकासाहरूमा ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार गरेको स्थनियहरुको समेत आरोप रहेको छ।

जसकाे उदाहरण चालु आ.ब मै बिगत आ.ब ०७८/०८९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त भवन निर्माणकाे लागि ३६ लाख र नगरपालिका नगरकाेष बाट आ.ब.०८०/८१मा ३५ लाख बि.व्य.समिति नभएको बखत बिधालय भवन निर्माण समितिनै नबनाई भवन बन्न लागेको जग्गा बिधालयकाे नाममा नभएको र ब्यक्ति बिशेषकाे नाउमा रहेको जग्गामा भवनमा बने त्याे भवन समेत ब्यक्तिले कब्जा गर्न सक्ने भएकोले अबिलम्ब उक्त भवन निर्माण कार्य राेक्का गरी नियमअनुसारकाे भवन निर्माण कार्य प्रक्रिया अगाडि बढाउनु हुन अनुरोध समेत गरेका छन।

आ.ब.हरूमा नपा मार्फत बिधालयमा भएको निर्माण कार्य ,पाठ्यपुस्तक खरिद, छात्रवृत्ति बितरण ,किताब कर्नर र दिवा खाजामा लगाएतका अन्य शिर्षकमा के कति रकम निकासाका भएको हाे साे काे छानबिन गरी ब्यापक आर्थिक अनियमितता प्र.अ कुशवाहाले गरेको आराेप लाएको हाे।

२०७६ साल माघ देखि दर्जनाै नियुक्त प्रक्रिया अब‌ैध भएको छ।
प्र.अ कुश्वाहाले भ्रष्टाचार गर्ने नियतले अभिभावक भेला न गर्ने बालबिकाश राहत र अनुदान काेटामा गरिएको नियुक्ति बारे छानबिन हाेस।

कुनै कर्मचारी नियुक्त भर्ना गर्नु परेमा नियम प्रक्रिया हुन्छ राष्ट्रिय स्तरका पत्रिका या स्थानीय पत्रिकामा सुचना गर्ने त्याे बिना सुचनाकाे अबैध नियुक्ती गरेका हुन।यस बिषयमा प्र.अ कुश्वाहा संग सम्पर्क गर्न खाेज्दा वहाँकाे माेबाईलमा सम्पर्क हुन सकेन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*