बाराको ई.प्र.का कोल्हवीले आज नागरिक सुनवाई कार्यक्रम गर्यो

कोल्हवी न्युज
२०८० पुष ९, सोमबार १८:५३

कोल्हबी:बाराको कोल्हबी नगरपालिका वडा न.१ कोल्हबीमा ईलाका प्रहरी कार्यालय कोल्हबीको आयोजनामा सोमबार एक समारोहका बिच कोल्हबी नगरपालिका वडा न.१ को वडा कार्यालयको प्राङ्गणमा नागरिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ।

ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारीकोअध्यक्षतामा र कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सपहि क्याम्पस सभाको अध्यक्ष केबल प्रसाद चौधरी,माओवादी केन्द्र कोल्हबी नगरका नगर सभापति रामचन्द्र साफि,महेश साह,कालिका भण्डारी लगायतले कार्यक्रममा अफ्नो भनाइहरु व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै कोल्हबी नगरपालिकाका नगर प्रमुख चौधरीले कोल्हबी नगरपालिकाका हरेक वडामा केही चिजको कमि नहुने र हरेक घर घरमा शौचालयको व्यवस्था गराउने उहाले जोड दिनु भएको हो। साथै कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख अधिकारीले चोरी,तस्करी,महिला हिंशा अन्त गर्ने र शान्ति सुरक्षामा कडाइ गर्ने तर्फ आफ्नो कुनै कमजोरि नहुने बताउनु भयो।

उक्त सुनवाइ कार्यक्रममा कोल्हबी नगरपालिका वडा न.१का वडा अध्यक्ष राजहरण चौधरी,वडा न.५ का वडा अध्यक्ष नन्द-किशोर चौधरी,वडा न.२ का वडा अध्यक्ष गोपाल अधिकारी,सशस्त्र बेस क्याम्प कोल्हबीका प्रमुख उमेश पौडेल,हरिनारायण चौधरी समाजसेवी,ब्यापारी गरि करिब ३५० जनाको उपस्तिथि रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*