इजरायली हवाइ आक्रमणका कारण कम्तिमा ७० जनाको मृत्यु

कोल्हवी न्यूज
२०८० पुष ९, सोमबार ०७:११

क्रिसमस इभमा इजरायलले गरेको आक्रमणबाट शरणार्थी शिविरमा बसेका कम्तीमा ७० जनाको मृत्यु भएको छ । क्रिसमसको पूर्वसन्ध्यामा इजरायलले हवाइ आक्रण गर्दा गाजास्थित अल–मगाजी शरणार्थी शिविरमा रहेका कम्तीमा ७० जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

सो शिविरमा ठूलो संख्यामा मानिसहरु बस्दै आएकाले मृतकको संख्या अझ बढ्न सक्ने त्यहाको स्वास्थ्यमन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले पछिल्लो घटनालाई निन्दा गर्दै क्रुर र नरसंहार भएको टिप्पणी गरेका छन् ।

इजरायलको आक्रमणका कारण सबैभन्दा बढी मानिस बसोबास गर्दै आएको भवन ध्वस्त भएको छ । दर्जनौं घाइतेहरूलाई नजिकैको अल–अक्सा अस्पताल लैजादै गरिएका भिडियो फुटेजहरु सार्वजनिक भएका छन् ।

इजरायली सेनाले आफुहरुले पनि त्यहा भएको नरसंहारको विवरण हेरिरहेको बीबीसीलाई प्रतिक्रिया दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*