बाघको आक्रमणबाट बालकको मृत्यु

कोल्हवी न्यूज
२०८० पुष ७, शनिबार १६:४३

बर्दियामा बाघको आक्रमणबाट शनिबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-४ बैरिया बस्ने रामशंकर थारुका अन्दाजी १०र११ वर्षका छोरा सुमित थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार बालक बबई नदीमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो । उनलाई उपचारको लागि आर।सी। थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको अर्यालको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*